काठमाडौं । फोटोग्राफ एउटा सौखिन पेसा हो । एउटा राम्रो फोटोको लागि फोटोग्राफरले धेरै समय, परिश्रम खर्चिएको हुन्छ ।
स्टकटल्याण्डका वाइल्ड लाइफ फोटोग्राफर एलन एमसीफाडेनले आजभन्दा करिब ४ वर्षअघि किङ फिसर नामको चराको एउटा फोटो खिच्नको लागि ६ वर्षसम्म प्रयास गरिरहे ।
उनले ६ वर्षमा ७ लाख २० हजार पटकको प्रयासमा किङ फिसरको फोटो खिचे जसको चर्चा विश्वभर नै भयो ।