एनआईसीको होली विशेष: शतप्रतिशत नगद फिर्ता, मोबाईल बैंकिङमा अफरैअफर

काठमाडौं, २२ फागुन । एनआईसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना अघि सारेको छ ।

उक्त योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २ सय जना भाग्यशाली ग्राहकहरुले १ सय प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गर्न सकिने छ ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा मासिक १५ हजार ४ सय रुपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ लिन सकिने व्यवस्था छ ।

यस्तै बैंकले शुक्रबार बेलुकी ८ बजे देखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १ सय रुपैयाँ क्यासव्याक समेत पाउन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार दराजमार्फत सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ ।

बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहकहरुल मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

यस्तै बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकहरुले प्रत्येक हप्ता ५ सय तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकहरुले जनही १ हजार रुपैयाँसम्मको नगद उपहार प्राप्त गर्दै आएका छन ।

बैंकले हाल ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ५२ एटिएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here