पुनर्बीमा कम्पनीको आइपिओ निष्काशन चैत ४ गतेदेखि

काठमाडौं, २३ फागुन । नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन गर्ने भएको छ।

शेयर निष्काशनका लागि शुक्रबार आह्वान पत्र प्रकाशित गर्दै कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको हो ।

यो कम्पनीले चुक्तापूँजीको १६ प्रतिशतबराबरको साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुलाउन लागेको हो। कम्पनीले रु. १०० अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।

कुल साधारण सेयरमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता सेयर (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गर्न लागिएको हो।

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयर निष्कासन छिटोमा चैत ७ गते र ढिलामा चैत १८ गते बन्द गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here