सेयर किनबेचको दुई दिनमा कारोबार पूर्जी अनिवार्य

काठमाडौं, २३ फागुन । सीडीएस एन्ड क्लियरिङले सेयर किनबेच भएको दुई दिनमा नै अनिवार्य रूपमा कारोबारको पूर्जी बुझाउन सूचना जारी गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै उसले लगानीकर्ताले सेयर कारोबारको राफसाफ टि प्लस टु भित्र राफसाफ तथा फछर्यौट पूर्जी बुझाउनु पर्ने जनाएको हो ।

यसका लागि मेरो सयेर मार्फत् इ डीआईएस प्रयोग गर्न समेत लगानीकर्तालाई आग्रह गरेको छ ।

सूचनामा भौतिक निर्देशन पूर्जी जारी गर्ने लगानीकर्ताले भने कारोबार भएको दिनमा नै बिक्रीकर्तालाई आफूले बिक्री गरेको सेयरको लागत भारित औषत उपलब्ध गराउनु पर्ने उल्लेख छ ।

हरेक दिन कारोबार भएका धितोपत्रको राफसाफ तथा फछर्यौट सम्बन्धी कार्य कारोबारपछिको तेस्रो कार्य दिन अर्थात टि प्लस थ्रिको अपरान्ह १२ बजेबाट राफसाफ तथा फछर्यौट प्रक्रिया शुरु गर्ने सिडिएससिले जानकारी गराएको छ।

त्यस्तै सेयरको भारित औषत लागत नबुझाएर सेयर चुक्त मूल्यको आधारमा पुँजीगत लाभकर गणना भएमा त्यसको जिम्मेवार पनि बिक्रीकर्ता स्वयं हुने सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

यसअघि पनि राफसाफका लागि कारोबारको दोस्रो दिनमा नै लगानीकर्ताले निर्देशन पुर्जी जारी गर्नुपर्ने व्यवस्था भए पनि पछिलो समय उच्च कारोबार हुँदा लगानीकर्ताले निर्देशन पुर्जी बुझाउन ढिलाइ गरेकाले यो सूचना जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here