गेट कलेजमा छात्रालाई शतप्रतिशत छात्रवृत्ति

काठमाडौं, २७ चैत । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिला सहभागिता बढाउन पहल थालेको छ । कलेजमा अब छात्राले शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्ने कलेजले घोषणा गरेको छ । गेट कलेजले विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै छ ।

गेट कलेज नेपालमै स्वीस डिग्री अध्ययन गराउने एसिया–प्रशान्त क्षेत्रकै पहिलो शैक्षिक प्रतिष्ठान रहेको कलेजले उल्लेख गरेको छ । यस कलेजमा अहिले गेट–एसचएचए हायर डिप्लोमा इन होटल एन्ड रेष्टुरेन्ट म्यानेजमेन्ट अध्यापन भइरहेको छ । जुन त्रिभुवन विश्वविद्यालयको बीएचएम समकक्षता प्राप्त स्वीस शैक्षिक डिग्री हो ।

“नेपालको पर्यटन उद्योगको विस्तार व्यापक रूपमा हुँदै गइरहेको छ, तर सीपयुक्त दक्ष जनशक्तिको अभाव छ,” गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले भने, “यस क्षेत्रमा दक्ष र सीपयुक्त जनशक्ति आपूर्ति गर्न पर्यटन र होटल व्यवस्थापन शिक्षा महत्वपूर्ण छ ।’

न्यून आय भएका र मिहेनेती तथा जेहेनदार छात्रालाई शत प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए ।

गेट कलेजमा हालसम्म नेपालका ७७ वटै जिल्लाका छात्रछात्राका अलावा विभिन्न १९ देशका विद्यार्थीहरूले समेत अध्ययन गर्दै आएको कलेजले उल्लेख गरेको छ । विश्वका करिब २० मुलुकका विभिन्न होटल तथा रिसोर्टहरूमा गेट कलेजका ९६ प्रतिशत विद्यार्थीले ‘पेड इन्टर्नशीप’ पाउँदै आएको समेत कलेजले उल्लेख गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here