होली खेल्दै हुनुहुन्छ ? सावधान ! छालाको क्यान्सर होला

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी संक्रमणले नेपाल पनि उच्च जोखिममा छ। कोरोनाको प्रभाव यस वर्षको होली पर्वमा पनि देखिएको छ। विगतमा होलीको दिनभन्दा साताअघि नै काठमाडौँमा लोलापानी फ्याक्ने, रङहरु दल्ने गरेको देखिएको थियो।

यो पटक भने चहल पहल खासै देखिएको छैन् । भीड जम्मा हुने, धेरै मानिसबीच सम्पर्क हुने गतिविधि नगर्न गृह मन्त्रालयले सुझाव दिएको छ।

यही कारण भीड जम्मा हुने, धेरै मानिसबीच सम्पर्क हुने गतिविधि नगर्न गृह मन्त्रालयले सुझाव दिएको छ। विभिन्न सरकारी निकायले आफू मातहत हुने यस्ता गतिविधि स्थगित गर्न निर्देशन पनि दिएका छन्।

रङहरुको उत्सव मनाउँदा स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ ।

तर, बजारमा पाइने रङहरुमा विभिन्न रासायनिक पदार्थहरुको मिसावट हुने भएकाले यसबाट छालामा साधारण असर हुने देखि छालाको क्यान्सरसम्म हुनसक्ने सम्भावना रहन्छ ।

बजारमा पाइने धेरैजसो रङहरुमा रसायन मिसाइएकाले यसले छालामा क्यान्सर हुने डाक्टरहरुको भनाइ छ ।

रक्तचन्दन, बेसार तथा अबिरले फागु खेल्दा स्वास्थ्यमा हानी गर्दैन । सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खासै हानी गर्दैन ।

तर आजकाल बजारमा अबिरमा पनि रसायन मिसाउन थालेकाले अबिर किन्दा सावधान हुनु पर्दछ ।

रङको असरबाट छालालाई जोगाउनका लागि फागु खेल्नु अगाडि छालामा तथा केसमा क्रिम वा तेल लगाउने गर्दा रङ खेलिसकेपछि यसलाई हटाउन सहज हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here