महाकाली झोलुङ्गे पुलमा कोरोना भाइरस हेल्प डेक्स स्थापना

पप्पु गुरुङ्ग

दोधारा, २५ फागुन । कोरोना भाइरस (कोभिड–१९) को बारेमा जानकारी गराउने तथा सचेतना गराउने उद्धेश्यले माहाकाली नगरपालिकामा हेल्प डेक्स सञ्चालन भएको छ ।

माहाकाली नगरपालिका वडा नं. ४ स्थित रहेको महाकाली झोलुङ्गे पुल नजिक कोरोना भाइरस सम्बन्धी जानकारी गराउने तथा सचेतना गराउने उद्धेश्यले हेल्प डेक्स आइतबारदेखि संचालनमा ल्याईएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाको भिडभाड हुने क्षेत्रकोरुपमा परिचित महाकाली झोलुङ्गे पुल नजिक कोरोना भाइरस हेल्थ डेक्स संचालनमा ल्याईएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म निरन्तर रुपमा स्वास्थ्यकर्मी खटाईएको र सो रोगको परिक्षणको लागी तापक्रम नाप्ने मेशिन समेत उपलब्ध गराई हेल्प डेक्स संचालनमा ल्याईएको जिल्ला जनस्वास्थ्य निरिक्षक जय बहादुर महराले जनाएका छन् ।

हेल्प डेक्समा तापक्रम नाप्ने, औषधी बितरण, पर्चा पम्पलेट बितरण तथा मास्क बितरण कार्य भईरहेको जिल्ला जनस्वास्थ्य निरिक्षक जय बहादुर महराले बताएका छन् । ‘

कोरोना भाइरस (कोभिड–१९) हेल्प डेक्स संचालनमा ल्याएका छौं’ जिल्ला जनस्वास्थ्य निरिक्षक जय बहादुर महराले भने । दैनिक ४ जना चिकित्सकको टोली दैनिक हेल्प डेष्कमा रहने गरि ब्यवस्था मिलाईएको बताईएको छ् ।

आइतबार दिन भरीमा ३ सय भन्दा बढी महाकाली पुल आवत जावत गर्ने व्यक्तिहरुको स्वास्थ्य जाँच सहित परामर्श दिईएको हेल्प डेष्कमा खटिआएका चिकित्सकहरुले बताएका छन् ।

यसै बिच माहाकाली नगरपालिका कार्यालयले सार्वजनिक कार्यक्रम आयोजना नगर्न, नगराउन सार्वजानिक रुपमा अपिल गरेका छन् ।

नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले होली पर्वमा महाकाली पुल हेर्न आउने पर्यटकहरुको भिडभाड रहने हुदा हेल्प डेस्क स्थापना गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् ।

बिश्वभरी नै त्रासको रुपमा देखिएको कोरोना भाइरसका लक्षण र बच्ने उपाय बारे माहाकाली नगरपालिका कार्यालयले पुलमा स्थापना गरेको हेल्प डेष्कबाट परामर्श दिन सुरु गरिएको बताईएको छ् ।

महाकाली झोलुङ्गे पुल नजिक कोरोना भाइरस सम्बन्धी जानकारी गराउने तथा सचेतना गराउने उद्धेश्यले हेल्प डेक्स स्थापना आजको कार्यक्रममा माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनार, नगर उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्ट, वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारी, महाकाली पुल चौकी ईन्चार्ज काशीनाथ योगी, स्थानिय, सुरक्षाकर्मी तथा चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

कोरोना भाइरस बारे आम नागरिकलाई सचेतना गराउने काम गर्ने अभियानमा सबैले सहयोग गर्नु पर्ने माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । हेल्प डेष्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सघाउने जनाएको छ् ।

बढ्दै गइरहेको कोरेना भाइरसको संक्रमणबाट बाच्नको लागी भिड भाडमा जम्मा हुने गरी कुनै पनि कार्यक्रम सभा, सम्मलेन, गोष्ठी, सेमिनार, महोत्सव लगाएतका कार्यक्रम आयोजना नगर्न सबैमा अनुरोध गरिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here