नेपालसहित १४ देशका यात्रुलाई कतार जान प्रतिबन्ध

काठमाडौं, २६ फागुन । कतारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै आइतबार कतार सरकारले सूचना जारी गर्दै कतारले रोक लगाएको हो ।

रोक लगाएकोमा नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड रहेको छ ।

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here