कोरोना कहरः सर्न सक्छ आइपीएलको मिति

काठमाडौं । मार्च २९ तारिखबाट सुरु हुने इन्डियन प्रिमीयर लिग (आइपीएल) को मिति सर्न सक्ने कुरा आएको छ ।

भारतिय सञ्चार माध्यमका अनुसार बोर्ड अफ कन्ट्रोल क्रिकेट इन इन्डिया (बीसीसीआई) ले यस विषयमा छलफल गरिरहेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर तिब्र गतिमा बढ्दै गर्दा आइपीएल पनि यसको प्रभावमा पर्न सक्ने बताईएको छ । आइपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग र मुम्बई भिड्दै छन् ।

भारतमा अहिलेसम्म ४२ जना भन्दा धेरैमा कोरोनाको संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here