‘कमेडी च्याम्पियन’ ग्रान्ड फिनालेको टिकट बिक्री खुला, मूल्य कति ?

काठमाडौं । कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनालेको टिकट बिक्री खुला गरिएको छ ।

चैत १ गते हुने फिनालेको लागि जम्मा २०० टिकट मात्रै बिक्रीमा राखिएको निर्माण पक्षले बताएको छ ।

टिकट दर तीन हजार रुपैयाँ तोकिएको टिकट ई–सेवाबाट काट्न सकिन्छ ।

यसअघि होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा फिनाले गर्ने बताइएकोमा कोरोनाका कारण धेरै उपस्थित हुने कुनै पनि कार्यक्रम नगर्न सरकारले आग्रह गरेपछि च्यासलस्थित आफ्नै स्टुडियोमा स्टुडियो मै हुन लागेको हो ।

ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल छन् ।ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here