भारतमा लोकसभा निर्वाचन शुरु, नेपाल–भारत सीमा नाका तीन सातासम्म बन्द

काठमाडौं, २८ चैत । भारतमा तल्लो सदन लोकसभा निर्वाचन आजबाट शुरु भएको छ । भावि प्रधानमन्त्री तय गर्ने यो निर्वाचन सात चरणमा सम्पन्न हुनेछ ।

बिहीबारबाट शुरु निर्वाचन मे २९ (जेठ ५)मा सम्पन्न हुनेछ । यस पटक भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै भावि प्रधानमन्त्रीका रुपमा अगाडी सारेर निर्वाचनमा होमिएको छ । कांग्रेस भने महागठबन्धनका साथ मैदानमा छ । कांग्रेस गठबन्धनबाट राहुल गान्धीलाई भावि प्रधानमन्त्रीका रुपमा आंकलन गरिएको छ । भारतीय निर्वाचन आयोगका अनुसार १८ अप्रिलबाट शुरु भएको निर्वाचन अप्रिल २३, २९, मे ६, १२ र २९ तारिखमा हुनेछ ।

भारतीय लोकसभा निर्वाचनका दौरान नेपालसँगको सीमा नाका बन्द हुनेछ । सामान्यतया नेपाल या भारतमा निर्वाचन हुँदा सीमा नाका निर्वाचनको दिनसहित ७२ घण्टा बन्द गर्ने प्रचलन छ । यसअनुसार करीव तीन साता नेपाल भारत सीमा नाकामा नागरिकले सास्ती भोग्नु पर्नेछ । बिहीबार २० राज्यमा मतदान शुरु भएको छ । यी राज्यबाट ९१ सांसद चुनिनेछन् । बिहान ७ बजेटबाटै मतदात शुरु भइसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
९० करोड मतदाता
भारतमा बालिग मताधिकार प्रयोग गर्ने मतदाताको संख्या करीव ९० करोड छ । उनीहरुले आगामी ५ वर्षका लागि प्रत्यक्ष सांसद चयन गर्नेछन् । भारतीय संसदमा बहुमत ल्याउन २ सय ७२ सीट जित्नुपर्छ । अघिल्लो निर्वाचनमा भाजपाले २ सय ८२ सीट जितेर एकलौटी सरकार चलाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here