इटालीका सबै खेल स्थगित

काठमाडौं, २७ फागुन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै इटालीका सबै खेलकुद गतिविधि स्थगित गरिएको छ ।

प्रधानमन्त्री ज्युसेप कोन्टेले आउँदो अप्रिल ३ गतेसम्मका खेलकुद गतिविधि स्थगित गरेको घोषणा गरेका हुन् । भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएमा समय लम्बिन सक्ने बताइएको छ ।

इटालीका सबै खेलकुद गतिविधिहरु स्थगित गरिए पनि क्लबले र देशले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भने नियमित समयमै सञ्चालन हुनेछ ।

प्रधानमन्त्री कोन्टेले इटलीमा सभा सम्मेलनमा पनि प्रतिबन्धको घोषणा गरेका छन् । युरोपियन देशहरुमध्ये इटली कोरोनाले सबैभन्दा धेरै प्रभावित मुलुक हो । इटलीमा कोरोनाको कारण ४५० जनाको मृत्यु भइसकेको छ भने ९ हजारमा संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here