कोरोना त्रासः बार्सिलोना र नापोलीको खेल दर्शक बिनाको रंगशालामा

काठमाडौं । युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को दोस्रो लेगको खेल दर्शक बिनाको रंगशालामा खेलिने भएको छ ।

विश्वभर बढ्दो क्रममा रहेको कोरोना त्रासको कारण बार्सिलोना र नापोलीको खेल दर्शक बिनाको रंगशालामा गराउन लगिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

बार्सिलोना र नापोलीबि १८ मार्च मा हुने उक्त खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुँदैछ ।

यस अघि नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १/१ को बराबरीमा सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here