सेयर बजारमा उच्च गिरावट, डेढ घण्टामा दुई पटक ‘सर्किट ब्रेक’

काठमाडौं, २७ फागुन । सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो ।

२ दिनको सार्वजनिक विदापछि मंगलबार खुलेको बजारमा सुरुवातदेखि नै गिरावट देखिएको थियो ।

सो क्रमले तीव्रता पाउँदा ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले नेप्से घटेपछि नेप्सेले नेगेटिभ सर्किट लगाउँदै २० मिनेटका कारोबार स्थगन गरेको हो ।

यो बेलासम्म नेप्से ५७.३६ अंकले घटेर १३७८.३४ को विन्दूमा सीमित हुन पुगेको छ ।

सबैभन्दा बढी जीवन बिमा समूहमा ५.२८ प्रतिशतको पहिरो गइसकेको छ । यस्तै, होटल समूहमा ५.२२ प्रतिशत, बैंकिङ समूहमा ४.५१ प्रतिशत, व्यापार समूहमा ४.८१, विकास बैंक समूहमा ३.७९ र निर्जीवन बिमा समूहमा ३.३३ प्रतिशतको पहिरो गइसकेको छ ।

जीवन बीमा समूहको परिसूचक ६१० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ३१२ अंकले घटेको छ । मूल्य घटे पनि मध्यान्न १२ः३० बजे अघि नै ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कोरोना भाइस संक्रमणले महामारीको रुप लिएपछि विश्व बजारमा सेयर बजारमा उच्च गिरावट देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here