शेयर बजारमा आजको कारोबार बन्द

काठमाडौं । नेप्से परिसूचक ६ प्रतिशतभन्दा धेरै घटेसंगै शेयर बजारमा आजको कारोबार रोकिएको छ ।

यसअघि ५.०२ प्रतिशत घटेसंगै केही समयको लागि ब्रेक लागेको शेयर बजार ६.०२ प्रतिशत घटेसंगै आजको कारोबार बन्द भएको हो ।

मंगलवार नेप्से परिसूचक ८६.३९ अंकले घटेर १ हजार ३ सय ४९.३१ अंकमा झरेको छ । आज १ सय ६१ कम्पनीको २७ लाख ३५ हजार ४ सय १८ कित्ता शेयर ९ हजार २ सय ३९ पटक किनबेच हुँदा १ अर्ब ७ करोड ६६ लाख ९६ हजार ३०० रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here