‘सरकारको सूचनामा नै भर परौं, हामी सबै डाक्टर नबनौं’- अर्थमन्त्री

फाइलफोटो

काठमाडौं, २७ फागुन । अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना भाइरसको सङ्क्रमणबारे सरकारको सूचनालाई मात्र आधिकारिक मान्न आग्रह गरेका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग खतिवडाले अनवश्यक हल्ला नफैलाउन आग्रह गरेका हुन् । सूचना सम्प्रेषणमा स्वास्थ्य मन्त्रालयले आवश्यक जानकारी दिए भएकोले त्यसैमा भर पर्न मन्त्री खतिवडाले आग्रह गरे । जथाभावी सुचना सम्प्रेषण हुँदा सर्वसाधारणमा भ्रम उत्पन्न भएको उनको भनाइ छ ।

‘स्वास्थ्य मन्त्रालयले आवश्यक सुचना सम्प्रेषण गर्छ, सरकारले सम्प्रेषण गरेको सुचनामा नै भर परौं, हामी सबै डाक्टर नबनौं, आफै धेरै जान्ने नहौं, यस्तो हुँद स्थिति अलि भयावह हुन सक्छ, जुन अहिले आवश्यक छैन, संयमले काम गर्नुपर्छ,’ मन्त्री खतिवडाले भने ।

सरकारले कोरोना भाइरसबाट उत्पन्न हुने संकट सामना गर्नको लागि अन्य राजनीतिक दलहरुसँग पनि परामर्श गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here