भारतमा फोर्ड र महिन्द्राले व्यापार सहकार्य गर्दै

काठमाडौं, २८ चैत । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले भारतमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीसंग सहकार्य गरि एक नयाँ ज्वइन्ट भेन्चर कम्पनी स्थापना गर्ने सम्बन्धि सम्झौता गर्ने तयारीमा रहेको छ ।

फोर्डले हाल भारतमा स्वतन्त्र रुपमा आफ्नो कार्य गरिरहेकोमा अब महिन्द्रासँग सहकार्य गर्ने तयारिमा रहेको रोयटर्स न्युज एजेन्सीले समाचार सार्वजनिक गरेको छ ।

सम्झौता अनुसार नयाँ कम्पनीमा फोर्डको ४९ प्रतिशत र महिन्द्राको ५१ प्रतिशत सेयर स्वमित्व रहने छ ।

हाल भारतमा रहेको फोड सबै सम्पत्ति र स्वामित्व तथा सम्पुर्ण कर्मचारि समेत नयाँ कम्पनिको स्वामित्वमा रहने छन् । फोर्ड र महिन्द्राले यसका लागि केहि समय पहिले देखि नै तयारी गरिरहेको दुबै कम्पनीका स्रोतहरुले बताएको रोयटर्स जनाएको छ ।

हाल भारतमा फोर्डले एक्लै कार बिक्री गर्दै आएको छ । सन् २०१७ मा फोर्ड महिन्द्रासँग स्पोर्ट युटिलिटी भेइकल र इलेक्ट्रिक भेरिएन्टका लागि मिलेर कार्य गर्ने गरि रणनीति एलाईन्सको निमार्ण गरेको थियो ।

तर फोर्ड र महिन्द्राको सहकार्य यो भने नौलो हाईन । यो भन्दा पहिले पनि सन् १९९५ मा महिन्द्रा फोर्ड इन्डियाको स्थापना भएको थियो । जसमा दुबै कम्पनिको ५०—५० प्रतिशत सेयर थियो । दुबैको सहकार्यमा फोर्ड एस्कर्ट बजारमा उपलब्ध भएको थियो, र यो केहि सफल पनि भएको थियो ।
तर सन् २००५ मा उक्त सहकार्य समाप्त गरेर फोर्ड एक्लैले भारतमा कारोबार गरिरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here