जेट एयरवेजद्धारा नेपालको सबै उडान कटौती

काठमाडौं, २८ चैत
भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपालको सबै उडान कटौती गरेको छ । पछिल्लो समय चरम आर्थिक संकट भोगिरहेको यो कम्पनीले भारतको दिल्ली र मुम्बईबाट नेपाल उडान गर्दै आएको थियो । यो रुटमा नेपालको ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि उडान गरिरहेको छ ।

जेटले मुम्बई उडान यस अघि नै कटौती गरेको थियो । अहिले दिल्ली उडानसमेत कटौती गरेको एस ट्राभलका प्रवन्ध निर्देशक मधुसदन उपाध्यायले जानकारी दिएका छन् । दिल्ली नेपालबाट सबैभन्दा बढी यात्रु पाउने रुट हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here