ला लिगाका सबै खेल दुई साताका लागि स्थगित

काठमाडौं । स्पेनिस ला लिगाका सबै खेलहरु दुई साताको लागि स्थगित हुने भएका छन् ।

स्पानियोल फुटबल एसोसिएसन (आरएफइएफ) र ला लिगा फुटबल प्रोफेशनलले ला लिगाका आगामी दुई साताका खेलहरु स्थगित गर्ने निर्णय गरेको हो ।

स्पेनमा पनि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै ला लिगामा यसै साता बाँकी रहेका खेलहरु स्थगित गर्ने आरएफइएफले बताएको हो ।

विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसको रोकथामका लागि यो निर्णय गरिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here