सीमा क्षेत्रमा कडाइ, आवतजावत गर्न ‘मास्क’ अनिवार्य

पप्पु गुरुङ्ग

दोधारा, २९ फागुन । चीनको वुहानबाट फैलिएको नोवल कोरोना भाइरसले महामारीको रुप लिन थाले पछि भारत सरकारले सीमा क्षेत्रमा कडाई गर्न थालेको छ् ।

माहाकाली नगरपालिका वडा नं. ७ नजिक नेपाल–भारत सिमा क्षेत्रमा भारत सरकारले हेल्प डेष्क स्थापना गरि चेक जाँच संगै परार्मश दिदै आएको छ् ।

माहाकाली नगरपालिकाबाट सीमा क्षेत्रमा आवत जावत गर्ने जो कोहीलाई अनिवार्य मास्क प्रयोग गर्नु पर्ने भारतिय सुरक्षाकर्मीले उर्दी जारी गरेको छ् ।

मास्क प्रयोग नगरेका ब्यक्तीहरुलाई आवत जावत गर्न बन्देज गरिएको भारतिय सीमा सुरक्षा बल एसएसबीले जनाएको छ् । मास्क प्रयोग नगरे सीमा क्षेत्र आवत जावत नगर्न भारतिय सुरक्षाकर्मीले स्थानियहरुमा अनुरोध गरेको स्थानियहरुले बताएका छन् ।

एक देशबाट अर्को देशमा यो संक्रमण सर्न सक्ने बताउदै सीमा क्षेत्रमा आवत जावत गर्ने स्थानियहरुलाई मास्क प्रयोग गर्नु पर्ने एक भारतिय सुरक्षकर्मीले बताएका छन् ।

यता सशस्त्र प्रहरी सीमा सुरक्षा बल र नेपाल प्रहरीले सीमा क्षेत्रमा आवात जावत गर्नेहरुलाई सुरक्षा अपनाउन आग्रह गरेका छन् । भारतिय सीमा सुरक्षाकर्मीले मास्क बिना सिमा क्षेत्रमा आवत जावत गर्न मनाही गर्दै आएको स्थानियहरुले बताएका छन् ।

यता माहाकाली नगरपालिका कार्यालयले स्थानियहरुमा सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ् । माहाकाली नगरपालिका कार्यालयले महाकाली झोलुङ्गे पुलमा कोरोना भाइरस चेक जाँच तथा परामर्श केन्द्र स्थापना गरि चेक जाँच संगै परामर्श दिने कार्य अगाडी बढाएको छ् ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै माहाकाली नगरपालिका कार्यालयले भिडभाड र जमघट हुने मेला, पर्व, दिवस, भेला, सभा, सम्मेलन, समारोहका कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।

ज्वरो आउने खोकी लाग्ने टाउको वा घाँटी दुख्ने, श्वास फेर्न गाह«ो हुने कोरोना भाइरसका लक्षण भएकाले यस्ता लक्षण देखिना साथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन माहाकाली नगरपालिका कार्यालयले सबैमा आग्रह गरेको छ् ।

कोरेना भाइरसबाट बच्नका लागी हात नमिलाउने, साबुन पानीले हात धुने, मास्क प्रयोग गर्ने, श्वास प्रश्वासका बिरामीहरुको नजिक नजाने, जनावरहरुको सम्पर्कबाट टाढा रहने, अण्डा मासु लगाएतका खानेकुराहरु राम्ररी पकाएर मात्र सेवन गर्न माहाकाली नगरपालिका स्वाथ्य शाखाले सुचना प्रकाशित गरेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here