वैदेशिक सहयता बढ्यो, सात महिनामा १३ अर्ब ४९ करोड अनुदान

काठमाडौं, ३० फागुन । नेपाललाई वैदेशिक सहयता बढ्दो क्रममा रहेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक परिदृष्य अनुसार चालू आवको माघसम्म (७ महिना) मा १३ अर्ब ४९ करोड वैदेशिक सहयता अनुदान प्राप्त गरेको छ ।

यो गतवर्षको तुलनामा ८० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा सरकारले ७ अर्ब ५० करोड अनुदान प्राप्त गरेको थियो ।

माघ मसान्तसम्ममा १ खर्ब ९ अर्ब २८ करोड बराबरको वैदेशिक सहायत प्रतिबद्धता प्राप्त भएको छ। जसमध्ये १६ अर्ब २० करोड अनुदान र ९३ अर्ब ८ करोड ऋण रहेको छ। अर्थमन्त्रालयका अनुसार उक्त सहायत प्रतिबद्धतामध्ये १४.८२ प्रतिशत अनुदान र ८५.१८ प्रतिशत ऋण हो।

नेपाललाई आर्थिक सहायता गर्ने विकास साझेदारमध्ये बहुपक्षीयतर्फ विश्व बैंक र द्विपक्षीयतर्फ संयुक्त राज्य अमेरिका सबैभन्दा ठूला साझेदार हुन् ।

सरकारले चालू आवको ७ महिनामा २५ अर्ब ५० करोड रुपैयाँ ऋण तिरेको छ । जसमा सरकारले आन्तरिकतर्फ २ अर्ब ४० करोड रुपैयाँ साँवा र १० अर्ब ६५ करोड रुपैयाँ ब्याज तिरेको छ।

यस्तै बाह्यतर्फ १० अर्ब ३२ करोड रुपैयाँ साँवा र २ अर्ब १३ करोड रुपैयाँ ब्याज तिरेको अर्थ मन्त्रालयले जनाएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here