सातै प्रदेशमा आईसीयू र आइसोलेसन सहितको पूर्वाधार निर्माण गर्ने सरकारको तयारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभरमा नै उच्च रुपमा बढेको कारण यसको संभावनालाई न्यून गर्नको लागि सरकारले सातवटै प्रदखेशमा आईसीयू र आईसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने भएको छ ।

बिहिबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा पनि १/१ वटा आईसीयू र आइसोलेसन कक्षसहितको पूर्वाधार निर्माण गर्नुपर्ने निर्णय गरेको हो ।

मन्त्रालयको अनुसार उक्त प्रस्ताव समितिको अर्को बैठकमा पेस गरिने छ । यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको समितिले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here