दिल्लीमा आईपीएलको एक खेल पनि नहुने

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै दिल्ली सरकारले राजधानीमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रतियोगिता आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शुक्रबार दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेका हुन् ।

उनले दिल्लीमा यो समय धेरै मानिसहरु जम्मा हुने कुनैपनि खेल आयोजनामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

आईपीएल २०२० मा दिल्लीले आफ्नो पहिलो खेल मार्च ३० मा खेल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here