कोरोनाको आशंका गरिएका चार नेपालीको नतिजा ‘नेगेटिभ’

काठमाडौं, ३० फागुन । कोरोनाभाइरसको आशंकामा टेकु अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ।

कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका चार जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोना नदेखिएको टेकु अस्पताल स्रोतले जनाएको छ । कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।

उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित गरिएको थियो। चारजनामध्ये दुई पुरुष र दुई महिला छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here