फिल्म उद्योगमा कोरोनाले लगायो ब्रेक, २ अरब डलर नोक्सन हुने सम्भावना

काठमाडौं । कोरोनाभाइरस विश्वव्यापी प्रकोप बनिसकेको छ। कोेरोनाले सबैभन्दा बढी प्रभावित हुनेमा सिनेमा क्षेत्र पनि परेको छ।

यसको विशेष असर संसार ठूला सिने उद्योगहरू हलिउड र बलिउडलाई नराम्ररी परेको छ।

बजार नराम्रोसँग झरेको छ। छायांकनदेखि मनोरञ्जनात्मक कार्यक्रम र प्रचार प्रसार रोकिएका छन्।

बहुप्रतिक्षित ‘एफ नाइन’ अर्थात् फास्ट एण्ड फ्युरियसको ९ औं संस्करणलाई पनि कोरोना भाइरसको असर पर्‍यो। फिल्म युनिटले सन् २०१७ मा सार्वजनिक द फेट अफ द फ्युरियसको सिक्वेलको रिलिज टार्गेट एक वर्ष पछि सारेको छ।

यसअघि फिल्म यही वर्षको मेमा सार्वजनिक हुने भनिएको थियो।

यसरी रिलिज स्थगीत गर्ने हलिउड सिनेमामा जेम्स बोन्डको २५ औं फ्रान्चाइज ‘नो टाइम टु डाइ’, ‘फास्ट एण्ड दि फ्यूरियस’को नवौं फ्रान्चाइस, निकी कैरोको ‘मुलान’, ‘द न्यू म्युटेन्टस’ तथा ‘एन्टलर्स’ रहेका छन्।

‘नो टाइम टु डाइ’ले अप्रिल दुईको रिलिज मिति स्थगित गरेको हो भने ‘फास्ट एण्ड फ्यूरियस’ले २२ मेको रिलिज मिति स्थगित गरेको हो।

जेम्स बोन्ड सिनेमाको रिलिज ८ महिना पर सरेको छ भने ‘फास्ट एण्ड दि फ्यूरियस’ आगामी वर्षको अप्रिलमा रिलिज हुने भएको छ।

फिल्म बजारमा आफ्नो बेग्लै पहिचान बनाएको चीनको को थ्रियटर कोरोनमा भाइरको कारण महिनौ दिनदेखि बन्द छ ।

यो भाइरसको कारण सन् २०२० मा फिल्म उद्योग धेरै नोक्सान हुने भएको छ । हलिउड रिर्पोट ग्लोबल बक्स अफिस अनुसार करिब २ अरब डलरको नोक्सान हुनेछ ।

फेब्रुअरी सन् २०१९ मा चीनले एक महिनामा सबै भन्दा धेरै बक्स अफिस रेवेन्यु कलेक्सनको रेकड बनाएको थियो । चाइना डेली अनुसार फेबु्रअरीमा मात्र बक्स अफिसमा चीनले कुल १.६४ बिलियन डलर कमाई गरेको थियो ।

हलिउड रिर्पोट अनुसार चाइजिन नयाँ वर्षको टिकेट रेवेन्यु १.५२ अरब डलर थियो । यद्यपी २०२० जनावरी २४ देखि फेब्रूअरी १२ सम्म ३.९ करोड डलर मात्र छ ।

हलिउड फिल्मको मूल्य व्यापार केज्द्र पनि चीन हो । जेम्स बोन्ड सिरिज २५ औँ फिल्म नो टाइम टु डाई को अप्रिलमा हुने प्रिमियर पनि स्थगित भएको छ । मुलान बलियड फिल्म रिलिज हुने नहुने विषयमा अझै छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here