साताको शेयर बजार: कूल ४ अर्ब ४२ करोडको कारोवार

काठमाडौं, १ चैत । धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो ।

लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो ।

साताभर कूल १ सय ८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९ सय ११ कित्ता शेयर ४ अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८ सय ७२ मूल्यमा खरिद बिक्री भए ।

आइतबार शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।

नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मङ्गलबार खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको थियो ।

नेप्सेका अनुसार त्यस दिन नेप्से ६.२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो ।

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १ सय ६१ कम्पनीको २७ लाख ३५ हजार ४ सय १८ कित्ता शेयर १ अर्ब सात करोड ६६ लाख ९६ हजार ३ सय बराबरको कारोवार भएको थियो ।

यस्तै मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो ।

कूल १ सय ८० कम्पनीका ५६ लाख २६ हजार ८ सय १२ कित्ता शेयर २ अर्ब २२ करोड १० लाख ८१ हजार ६ सय ९० रुपैयाँमा खरिद बिक्री भयो । साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ।

त्यस दिन नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर २ अर्ब २० करोड ६६ लाख ६२ हजार १ सय ८२ रुपैयाँ बराबरको कारोवार भए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here