कोरोना रोक्न दोधारा चाँदनीको सीमा क्षेत्रमा हेल्थ डेस्क

पप्पु गुरुङ्ग, दोधारा, १ चैत । विश्वमा महामारीको रुपमा देखापरेको कोरोना भाइरस (कोभिड –१९) को कारण नागरिकहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर राख्दै माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोल (नेपाल–भारत सीमा नजिक) मा समेत हेल्थ डेस्क स्थापना गरिएको छ ।

माहाकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्टले शुक्रबार देखि नेपाल–भारत सिमा क्षेत्र नजिक पशुपती टोलमा हेल्थ डेस्क स्थापना गरेको जनाएका छन् ।

एक अनौपचारिक कार्यक्रम आयोजना गरि हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्क प्रत्येक दिन बिहान ९ देखि साँझ ५ बजे सम्म सञ्चालन गरिने बताइएको छ् ।

कोरोना भाईरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र भारत संगको खुल्ला सिमानाका कारण उक्त स्थानमा समेत आवत जावत बढी हुने भएकोले माहाकाली नगरपालिका कार्यालय स्वास्थ्य परिक्षणका साथै परार्मश सेवा प्रदान गरिने बताईएको छ ।

माहाकाली नगरपालिका कार्यालयले सबैमा संक्रमण रोक्न सचेत रहन अनुरोध गरेका छन् । माहाकाली नगपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले कोरोना संक्रमण अहिलेको विश्वव्यापी समस्या भएकोले यसको संक्रमणबाट जोगिन प्रचार प्रसार र सचेतनाका कार्यक्रम आवश्यक रहेको औंल्याएका छन् ।

सीमा क्षेत्रमा स्थापना गरिएको हेल्थ डेष्कमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सघाउदै आएको बताईएको छ । यस अघि माहाकाली नगरपालिका वडा नं. ४ महाकाली झोलुङ्गे पुलमा समेत हेल्थ डेष्क स्थापना गरि स्वास्थ्य चेक जाँच र परामर्श दिदै आएको छ ।

बढी भिडभाड र जमघट हुने मेला महोत्सव, चाडपर्व, दिवस, भेला, सभा समारोह, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न नगराउन माहाकाली नगरपालिका कार्यालयले सार्वजनिक रुपमा आग्रह गर्दै आएको छ ।

नेपाल सरकारले कोरोनाको संक्रमणबाट बच्न बढी भिड भाड हुने किसिमका कुनै पनि कार्यक्रम नगर्न नगराउन निर्देशन दिएकोले माहाकाली नगरपालिकामा संचालन हुने भनिएको रामलिला नाट्य श्रंखला समेत स्थगित गरिएको छ ।

यस रोगबाट बच्नका लागि साथी भाइहरुसंग हात नमिलाउने, साबुन पानीले राम्ररी हात धुने, मुखमा मास्क प्रयोग गर्ने, श्वासप्रश्वासका बिरामीको नजिक नजाने, जनावरको सम्पर्कबाट टाढा रहने, अण्डा तथा मासु लगायतका खानेकुरा राम्ररी पकाएर मात्रै सेवन गर्न अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here