सुनको मूल्य घट्ने क्रम जारी, आइतबार प्रतितोला १५०० रुपैयाँ घट्यो

काठमाडौं, २ चैत । शुक्रबार एकैदिन तीन हजार रुपैयाँ घटेको सुनको मूल्य आइतबार पनि घट्यो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँ घट्यो ।

शुक्रबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १५०० रुपैयाँ घट्दै प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तेजावी सुनको मूल्य पनि प्रतितोला १५०० रुपैयाँ नै घट्यो । शुक्रबार प्रतितोला ७८ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतबार १५०० रुपैयाँ घट्दै प्रतितोला ७६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घट्यो ।

शुक्रबार प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज ३० रुपैयाँ घट्दै प्रतितोला ७ सय ९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here