अण्डर १९ विश्वकप छनोट, नेपालद्धारा सिंगापुरलाई २८३ रनको लक्ष्य

काठमाडौं, २९ चैत । १९ वर्ष मुनीको विश्वकप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपाल र सिंगापुर प्रतिस्पर्धा गरिरहेका छन् । मलेसियामा जारी प्रतियोगितामा सिंगापुरले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो । नेपालले निर्धारित ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रनको विशाल योगफल खडा गरेको छ ।

अब सिंगापुरले जितका लागि २ सय ८३ रन बनाउनु पर्नेछ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडेका छन् । उनी शतक प्रहार गर्नबाट चुकेका छन् । एसिया क्षेत्रको यस प्रतिस्पर्धामा ६ टोली प्रतिस्पर्धा गरिरहेका छन् । शिर्ष स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here