२० करोडभन्दा बढी लागतमा बनेको पुलको काम फोहोर मिलाउने थलो

फाइलफोटो

जितेन्द्र खनाल

काठमाडौं, २ चैत । टेकुस्थित विष्णुमती पुलको काम अहिलेको काठमाडौंका विभिन्न स्थानबाट जम्मा भएको फोहोर छान्ने र मिलाउने थलो बनेको छ ।

२० करोडभन्दा धेरै लागतमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल सडक डिभिजन कार्यालय काठमाडौंले भत्काएर नयाँ बनाउन निर्देशन दिएसँगै अहिले फोहोर छान्ने थलोको रुपमा परिणत भएको हो ।

पुलमा इन्जिनियर (परामर्शदाता) को निर्देशन र ठेक्का मापदण्डअनुसार निर्माण नगरिएको भन्दै पुल भत्काएर नयाँ बनाउन निर्देशन दिए पनि प्रक्रियामा गएको छैन् ।

यो पुल निर्माणको ठेक्का भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको तत्कालीन दिगो सहरी विकास आयोजनाले २० करोड १३ लाख रुपैयाँमा लगाएको थियो ।

निर्माण कम्पनीले १३ करोड ९२ लाख रुपैयाँ भुक्तानी पाएपछि निर्माण कम्पनीले परामर्शदाता र आयोजनालाई बेवास्ता गर्दै कमसल सामग्री प्रयोग गरिएको भन्दै ठेक्का रद्द गरिएको थियो ।

पुल बनाउने क्रममा निर्माण कम्पनीले परामर्शदाता र आयोजनालाई बेवास्ता गर्दै कमसल सामग्री प्रयोग गर्दै आएको थियो। निर्माण कम्पनीले पिलर निर्माणदेखि नै ठेक्का सम्झौता विपरीत पुल बनाउँदै आएको थियो।

६० मिटरको पुललाई वारी र पारी जोड्न तीनवटा पिलर बनाउनेगरी डिजाइन पास गरिएको थियो। नदीको दायाँ २०, बायाँ १० र बीचमा ३० मिटरको पिलर बनाएर पुल बनाउने ठेक्का सम्झौता छ।

दिगो सहरी विकास आयोजना र निर्माण कम्पनीबीच २०७१ असारमा ६० मिटर लामो पुल निर्माण गर्ने सम्झौता भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here