नीतिगत अस्थिरता भयो भन्दै सरकारलाई गाली गर्ने उद्योगीहरुकै नीति अस्थिर, महासंघमा विधान संशोधनको किचलो

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं साधारणसभाको आज दोस्रो दिन । खासगरी विधान संशोधनको विषयले साधारणसभामा प्रवेश पाएसँगै महासंघमा किचलो शुरु भएको छ । महासंघका पूर्वअध्यक्षहरु दुई खेमामा छन् । पूर्वअध्यक्ष कुशकुमार जोशी, चण्डिराज ढकाललगायत विधान संशोधनको पक्षमा छन् भने निर्वतमान अध्यक्ष पशुपति मुरारका विधान संशोधनको विपक्षमा छन् ।

महासंघले तीन वर्ष अगाडी विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः आगामी अध्यक्ष हुने प्रावधान ल्याएको थियो । उक्त प्रावधान अनुसार आगामी वर्ष हुने चुनावी साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुुनुपर्छ । तर, एक कार्यकाल पनि परिक्षण हुन नपाई महासंघ अहिले विधान संशोधनको किचलोमा फसेको छ । शुक्रबार यसको टुंगो लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here