ओलम्पिक समयमै गर्न हामी तयार छौंः जापानी प्रधानमन्त्री सिन्जो

काठमाडौं । विश्वभरका खेलकुद कोराना भाईरसका कारण स्थगित भईरहँदा जापानले भने निर्धारित समयमै ओलम्पिक गेम्स आयोजना तयार रहेको जापानका प्रधानमन्त्री सिन्जो आबेले बताएका छन् ।

सम्पुर्ण तयारी पुरा भइसकेको कारण टोकियो ओलम्पिक निर्धारित समयमै योजनाबद्ध तरिकाले सम्पन्न गर्ने सिन्जोले बताए ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुदैछ । कोरोनाको सन्त्रास बढ्दै गर्दा ओलम्पिक गेम्स सार्ने वा नसार्ने भन्ने विषयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) छलफलमा ब्यस्त छ ।

तर, यसै समयमा जापानी प्रधानमन्त्रीले पूर्व योजना अनुसारनै सयममै ओलम्पिक आयोजना गरेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

टोकियो ओलम्पिकमा विभिन्न ३३ खेलमा विश्वका दुई सय ६ देशले भाग लिनेछन् । जसमा ११ हजार ९१ खेलाडीको सहभागिता रहने बताइएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here