पर्यटकीय स्थल स्याङ्बोचेमा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । पर्यटकीय स्थल स्याङ्बोचेमा नेपाल टेलिकमले जीएसएम फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ ।

समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि फोरजी सेवाको शुरुवात भएको कम्पनीले बताएको छ ।

विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्नेछन् कम्पनीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here