विदेशबाट फर्केर व्यवसाय गर्नेलाई पुरस्कार, यसरी दिनुहोस् आवेदन

काठमाडौं, २ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई त्यागेर स्वदेशमै उद्यम गर्नेहरुलाई पुरस्कृत गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीहरुलाई योगदानको कदरस्वरुप राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मान गर्ने लागेको हो ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार पुरस्कार प्रदान गरिने मन्त्रालयले उल्लेख गरेको छ।

आवेदन दिन चाहनेले चैत २३ गतेभित्र आवेदन भरेर पठाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ । श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखा वा मन्त्रालयको इमेलमार्फत् दिन सकिने छ। आवेदनको ढाँचा मन्त्रालयको वेबसाइट www.moless.gov.np मा राखिएको छ ।

आवेदनसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि पनि अनिवार्य पेश गर्नुपर्ने पर्नेछ ।

यस्तै व्यवसाय दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणको प्रतिलिपि, आर्थिक वर्ष २०७५/७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि साथमा पठाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here