कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गर्ने तयारी

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गर्ने तयारी भएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीको अनुसार अमेरिकी सरकारको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुनेछन् ।

अमरिकाको सियाटलमा खोपको परिक्षण गरिँदै छ । उक्त खोपले बिरामीलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको भनाई छ ।

mRNA-1273 नाम राखिएको भ्याक्सिनले पहिलो चरणमा कोरोना भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here