यी हुन् विश्वकै सबैभन्दा धनी १५ व्यक्ती, १० जना त अमेरिकी मात्रै !

अर्थतन्त्र, उद्योग, प्रविधि, लगानीको क्षेत्रमा समाचार रिपोर्ट प्रकाशन गर्दै आएको चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले हरेक वर्ष विश्वका धनाढ्यहरुको सूची निकाल्ने गरेको छ ।

विभिन्न सूचकहरु र रिपोर्टहरुको आधारमा फोब्र्सले धनाढ्यहरुको सूची निकाल्दै आएको छ । जसअनुसार १ अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्ती भएका उद्योगी, व्यावसायी, कलाकार, सेलिब्रटी आदीलाई फोब्र्सले आफ्नो अर्बपतिको सूचीमा समावेश गर्ने गरेको छ ।

फोव्र्सको सन् २०१९ को पछिल्लो सूची अनुसार विश्वभरका २१५३ जना धनाढ्यहरुले यो सूचीमा आफ्नो स्थान बनाउन सफल भएका छन् । ती मध्ये नेपालबाट एकजना मात्रै परेका छन् ।

नेपाली उद्योगपति विनोद चौंधरी १ अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ती सहित फोव्र्सको सूचीमा १३४९ औं स्थानमा रहेका छन् ।

सबैभन्दा धनी १५ जनको सूचीमा १० जना त अमेरिकी धनाढ्य नै छन् । ती मध्येपनि विश्वकै सबैभन्दा धनी ३ जना नै अमेरिकी छन् ।

त्यसो भए विश्वकै १५ धनाढ्यहरुको को को छन् त?

१५. फ्रान्कोइस बेटेनकोर्ट मेयर्स एण्ड फ्यामिली
कुल सम्पत्तीः ४९ अर्ब ३० करोड डलर
आम्दानीको स्रोतः कस्मेटिक उत्पादन
कम्पनीः लोरियल
देशः फ्रान्स

१४. सर्जेइ ब्रिन
कुल सम्पत्तीः ४९ अर्ब ८० करोड डलर
आम्दानीको स्रोतः प्रविधि
कम्पनीः गुगल
देशः अमेरिका

१३.मुकेश अम्बानी
कुल सम्पत्तीः ५० अर्ब डलर
आम्दानीको स्रोतः पेट्रो केमिकल्स, तेल र ग्यास
कम्पनीः रिलायन्स इन्डस्ट्रिज
देशः भारत

१२. डेभिड कोच
कुल सम्पत्तीः ५० अर्ब ५० करोड डलर
आम्दानीको स्रोतः केमिकल्स
कम्पनीः कोच इन्डस्ट्रिज
देशः अमेरिका

११. चाल्र्स कोच
कुल सम्पत्ती ५० अर्ब ५० करोड डलर
आम्दानीको स्रोतः केमिकल्स
कम्पनीः कोच इन्डस्ट्रिज
देशः अमेरिका

१०. ल्यारी पेज
कुल सम्पत्ती ५० अर्ब ८० करोड डलर
आम्दानीको स्रोतः टेक्नोलोजी
कम्पनीः गुगल
देशः अमेरिका

९. माइकल ब्लुमबर्ग
कुल सम्पत्तीः ५५ अर्ब ६० करोड अमेरिकी डलर
आम्दानीको स्रोतः मिडिया
कम्पनीः ब्लुमबर्ग एलपी
देशः अमेरिका

८. मार्क जुकरवर्ग
कुल सम्पत्तीः ६२ अर्ब ३० करोड डलर
आम्दानीको स्रोतः सामाजिक सञ्जाल
कम्पनीः फेसबुक
देशः अमेरिका

७. ल्यारी एलिसन
कुल सम्पत्तीः ६२ अर्ब ५० करोड डलर
आम्दानीको स्रोतः सफ्टवेयर
कम्पनीः ओराकल
देशः अमेरिका

६. एमेन्सियो ओर्टेगा
कुल सम्पत्तीः ६२ अर्ब ७० करोड डलर
आम्दानीको स्रोतः फेसन रिटेल
कम्पनीः जारा
देशः स्पेन

५. कार्लोस स्लिम हेलु र परिवार
कुल सम्पत्तीः ६४ अर्ब डवलर
आम्दानीको स्रोतः टेलिकम
कम्पनीः अमेरिका मोविल
देशः मेक्सिको

४. बनार्ड आर्नोल्ट र परिवार
कुल सम्पत्तीः ७६ अर्ब डलर
आम्दानीको स्रोतः लक्जरी सामानहरु
कम्पनीको नामः एभिएचएम
देशः फ्रान्स

३. वारेन बफेट
कुल सम्पत्तीः ८२ अर्ब ५० करोड डलर
आम्दानीको स्रोतः सेयर लगानी
कम्पनीः वर्कसायर हाथवे
देशः अमेरिका

२. बिल गेट्स
कुल सम्पत्तीः ९६ अर्ब ५० करोड डलर
आम्दानीको स्रोतः प्रविधि
कम्पनीः माइक्रोसफ्ट
देश अमेरिका

१. जेफ बेजोस
कुल सम्पत्तीः १३१ बिलियन डलर
आम्दानीको स्रोतः इकमर्श
कम्पनीको नामः अमेजन
देशः अमेरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here