बरामद गरिएको ११ लाख मास्क बेच्न प्रहरीलाई निर्देशन, सुपथ मूल्यमा बिक्री गरिने

काठमाडौं, ३ चैत । प्रहरीद्धारा बरामद गरिएको मास्क तत्कालै बिक्री तथा वितरण गर्नको लागि महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ ।

सोमबार महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद गरिएको सबै बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रहरीले बिक्री गरेको रकम प्रहरी कोषमा नै रहने बताईएको छ ।

आइतबार कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा प्रहरीले कपन र सतुङ्गलबाट १० लाख आठ हजार बरामद गरेको छ । यस्तै, गएको शनिबार डल्लु क्षेत्रबाट ७८ हजार मास्क बरामद भएको थियो ।

प्रहरीले बरामद गरेको मास्क प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गर्दै गर्दा महान्याधिवक्ताको कार्यालयले ती मास्क तत्काल बेच्न निर्देशन दिएको हो ।

प्रहरीले गत शनिबारदेखि हालसम्म १० लाख ८६ हजार थान माक्स बरामद गरेको छ । शनिबार काठमाडौंको डल्लु क्षेत्रबाट ७८ हजार थान माक्स बरामद गरेको प्रहरीले आइतबार काठमाडौंको कपनबाट १ लाख ६८ हजार र सतुंगलबाट ८ लाख ४० हजार थान माक्स बरामद गरेको थियो ।

३ रुपैयाँ २५ पैसा बजार मूल्य पर्ने एक थान माक्सलाई ३० देखि ५० रुपैयाँमा बिक्री गर्ने गरी लुकाएर राखेको अवस्थामा प्रहरीले माक्ससहित केही व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here