कोरोनाको आशंकामा ४ सय ६७ जनाको परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं, ३ चैत । कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म ४ सय ६७ परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले जनाए अनुसार परीक्षण गरिएका सबैका नतिजा ‘नेगेटिभ’ देखिएको छ ।

शङ्‌कास्पद ४ सय ६७ जना प्रयोगशालामा परीक्षण गरिएकोमा सबै नतिजामा कोभिड- ९ सङ्‌क्रमण नरहेको जानाकारी गराउँदै सिंहले मुलुकका १८ जनस्वास्थ्य विज्ञ कोरोना परीक्षण गर्न परिचालित रहेको बताए ।

मन्त्रालयले नेपाल प्रवेश गर्ने ४३ नाकामा सहायता कक्ष राखेको बताएका छन् ।

विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्रालयले संक्रमण रोकथामका लागि नियमित रुपमा औषधिसहितको स्प्रे गर्ने कार्य भइरहेको जानाकारी दिए ।

‘आज हरेक नेपालीको दिमागमा कोरोनाको त्रास छ, यसलाई तपाईहरुले हटाउनुपर्छ, विश्वमा सूक्ष्म जीवाणु (भाइरस) स्वासप्रश्वासबाट यसअघि सन् २००४ मा एचएसएनए, सन् २००५ मा एचएसएन–७, सन् २००९ मा एचवानएन–१, २०१२ मा एमइआरएस–कोभ, सन् २०१८ मा निपाच सूक्ष्म जीवाणु र २०१९ मा कोभिड–१९ गरी पटकपटक आएको देखिएको हुँदा यसबाट डराएर भाग्नाका साथै समाधानमा लाग्नुपर्छ उनले भने ।’

‘छिमेकी मुलुकहरुसँग स्थलमार्गका नाकाहरु प्रदेश र स्थानीय तहसँग सहकार्यमा हेल्थ डेक्स स्थापना गरि नेपाल भित्रिने यात्रुको चेकजाँच सुरु गरिएको छ ।

औषधि, औषधिजन्य सामग्री आदिको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी र तीव्र पारिएको जनाइएको छ।

देशभित्रको उत्पादन क्षमतालाईसमेत बढाउने कार्यका लागि आवश्यक पहल गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानीमा देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here