बजाज मोटरसाइकलको नयाँ शोरुम प्यूठानमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले प्यूठानमा नयाँ शोरुम ‘न्यू विज्ञान सप्लायर्स’ को उद्घाटन गरेको छ ।

अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीको दाबी छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनको साथै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने बताईएको छ ।

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here