काठमाडौं । शरीरको तापक्रम नियन्त्रण गर्दै बाहिरी वातावरणसँग सन्तुलन कायम गर्ने छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो ।
छालामा रहेका सिबेसियस र एक्सोक्राइनजस्ता ग्रन्थिले छालालाई नरम बनाइराख्नमा राख्न मद्दत गर्छ ।
गर्मी महिना सुरु भएसंगै छाला सुख्खा हुने समस्या देखा पर्छ । छाला सुख्खा हुने समस्याबाट बच्नको लागि यस्तो गर्नुस्ः
बच्ने उपायः
— तीन–चार लिटरभन्दा बढी पानी नियमित पिउने
— झोलिलो खानेकुरा र फलफूल धेरै खाने
— हातमुख धोएपछि र नुहाएलगत्तै क्रिम लगाउने
— मेकअप गर्नुअघि मोस्चराइजर क्रिम लगाउने
— यदि मोस्चराइजर क्रिम लगाउन सकिएन भने नरिवलको तेल लगाउनाले पनि छाला नरम हुन्छ
— नरम खालको साबुन र लोसनको प्रयोग गर्ने
— धेरै समस्या देखिएको छ भने डाक्टरसँग परामर्श लिने (एजेन्सी)