१३ हजार गुनासो सम्बोधन, १७ सय लाभग्राही थप

काठमाडौं, ४ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरेको छ ।

प्राधिकरणको कार्यकारी समितिको मंगलबारको १३० औं बैठकले १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।

बैठकले ४८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ । योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट संकलित १ लाख ८९ हजार गुनासोमध्ये १ लाख ८२ हजार ३ सय १ को नतिजा आएको छ ।

नतिजाअनुसार १७ हजार १ सय ६ पुनर्निर्माण लाभग्राही र ८ हजार ३ सय ८ प्रवलीकरण लाभग्राही कायम भएका छन् ।
बम

आज बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ ।

योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित १ लाख ८९ हजार गुनासोमध्ये १ लाख ८२ हजार ३ सय १ को नतिजा आएको छ । नतिजाअनुसार १७ हजार १ सय ६ पुनर्निर्माण लाभग्राही र ८ हजार ३ सय ८ प्रवलीकरण लाभग्राही कायम भएका छन् ।

बाँकी गुनासोको यही चैत्र मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए।

त्यसैगरी, कार्यकारी समितिले ३ सय ५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ ।

प्राधिकरणले गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको छ ।

आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन गर्न सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here