अत्यावश्यक सामग्री आफैं बेच्ने सरकारको तयारी

फाइलफोटो

काठमाडौं, ४ चैत । कोरोना भाइरसलाई देखाउँदै बजारमा कालोबजारी बढेपछि सरकारले अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने तयारी थालेको छ ।

काठमाडौं उपत्यकाका प्रमुख स्थान र ठूला शहरहरुमा नुन, तेल, चामल, ग्यास, सेनिटाइजर, मास्क लगायतका समान सुपथ मूल्यमै उपलब्ध गराउन लागेको हो ।

उद्योग, बााणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले संघीय संसदको उद्योग , बाणिज्य, श्रम तथा उपभोक्ता हित सम्बन्ध समितिमा सुपथ मूल्य पसल चलाउन लागेको जानाकारी दिए ।

कालो बजारी नियन्त्रणको प्रयास जारी छ, अब सरकार आफैंले सुपथ मूल्य पसल मार्फत आत्यावश्यक समान आफैं बेच्छ’ भट्टले भने । उनले साल्ट ट्रेडिङ, खाद्य संस्थान मार्फत दशैं तिहार लगायतका चाडबाडको जस्तै सुपथ मूल्य पसल चलाउने बताए । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here