कोरानाबाट सबैभन्दा बढी प्रभावित इटाली, संक्रमण १२.६ प्रतिशतले वृद्धि

काठमाडौं, ५ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ ।

भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट यतिबेला सबैभन्दा बढी प्रभावित इटाली बनेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा ३ सय ४५ जनाको मृत्यु भएको छ। बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५०३ पुगेको छ।

त्यस्तै ३१ हजार ५०६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। पछिल्लो २४ घन्टामा यो संख्या १२।६ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एक दिनअघि संक्रमित हुनेको संख्या २७ हजार ९८० रहेको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर करिब दुई लाख पुगेको छ। त्यस्तै ७ हजार ९७६ जनाले ज्यान गुमाएको छ।

चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छैन । कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको ज्यान गएको छ ।

सङ्क्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर छ ।

चीनबाहिर पछिल्लाे २४ घण्टामा आठ सय तीन जनाकाे ज्यान गएकाे छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here