ब्लड ग्रुप ‘ए’ मा कोरोनाको संक्रमण बढी, ‘ओ’ मा कमः चिनियाँ अध्ययन

काठमाडौं । चीनका मेडिकल अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार मानिसको रगत समूहको अनुसार कोरोना भाइरसको संक्रमण फरक हुने निष्कर्ष निस्केको छ ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार कोरोना भाइरसको उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा संक्रमण धेरै हुमे निष्कर्ष निकालेको छ ।

यसका साथै ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ।

यो अध्ययनको लागि २ हजारभन्दा बढी मानिसको रगतको नमूनाको विश्लेषण गरिएको थियो।

उक्त अध्ययनमा कोरोना भाइरसबाट मृत्यु भएका २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको ए थियो भने ५२ जनाको ओ समूह थियो । यसको अर्थ ओ भन्दा ब्लड ग्रुप ए भएका ६३ प्रतिशत बढी मानिसको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here