शेयर बजारको ओरालो लाग्ने क्रम जारी, नेप्से १६ अंकले घट्यो

काठमाडौं, ५ चैत । शेयर बजारको ओरालो लाग्ने क्रम बुधबार पनि जारी नै रह्यो । आज नेप्से परिसूचक १६.२६ अंकले घटेर १ हजार २ सय ५५.८० अंकमा झरेको छ ।

बुधबार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स २.८० अंकले घटेर २ सय ७१.७९ अंकमा झरेको छ । यो संख्या मंगलबारको तुलनामा १.०२ प्रतिशत कम हो ।

बुधबार ट्रेडिङ बाहेक अन्य सबै समुहको सबै सूचक घट्यो । आज ट्रेडिङ समुहको सूचक ३.२४ प्रतिशत बढ्यो ।

बुधबार सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो । निर्जीवन बिमाको सूचक २.१२ प्रतिशत घट्यो । त्यस्तै, जीवन बिमाको १.९९ प्रतिशत, बैकिङ्ग समुहको १.४१ प्रतिशत, होटल समुहको १.२५ प्रतिशत घट्यो ।

कोरोबार रकम पनि निरन्तर ओरालो लाग्ने क्रममा छ । आज १ सय ७२ कम्पनीको ३४ लाख ८३ हजार २ सय २१ कित्ता शेयर १५ हजार ७ सय ८० पटक किनबेच हुँदा १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८ सय ७८ रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयर धनीले कमाए । जनउत्थानको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो । त्यस्तै, माउण्टेन हाइड्रोको ७.७९ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा कालिका पावर कम्पनीका शेयर मूल्य छन् । कालिका पावरको शेयर मूल्य ९.२५ प्रतिशत घट्यो । त्यस्तै, सर्पोट लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ५.९७ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । नेपाल लाइफले ९ करोड ३१ लाख ७९ हजार ६ सय ७९ रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here