कोरोनाको कारण विदेश जान पाईएन भन्नेहरु आउनुस् हामी रोजगारी दिन्छौंः अर्थमन्त्री खतिवडा

फाइलफोटो

काठमाडौं, ६ चैत । विश्वव्यापी रुपमा महामारिको कारण बन्दै गरेको कोरोना भाइरसको कारण विदेश जान पाईएन भन्नेहरुलाई सरकारले रोजगारी दिने अर्थ, सूचना, प्रविधी तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

विहिबार सरकारको प्रवक्ता समेत रहेका खतिवडाले सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेश जान पाईएन् भन्नेहरुलाई सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अनुसार रोजगारी दिएका दिने बताएका हुन् ।

‘कोरोनाको कारण विदेश जान पाईएन् भन्नेहरु आउनुस् हामी रोजगारी दिन्छौं’ खतिवडाले भने ।

यसका साथै रोजगारीको लागि आउने मानिसहरु टेबलमा मौ बस्छु भन्ने सोँचले नआउन समेत खतिवडाले बताएका छन् ।

‘रोजगारीको लागि आउदा सुट टाई लगाएर टेबलमा बस्ने सोँचले मात्रै नआउनु होला ।’ खतिवडाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here