‘यो विनास अघिको सुनसान पनि हुनसक्छ सर्तक बनौं’- डा. परशुराम घिमिरे

काठमाडौं, ६ चैत । नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिनु विनास अघिको सुनसान हुनसक्ने ओम अस्पतालका जनरल फिजिसियन डा. परशुराम घिमिरेले बताएका छन् ।

विश्वका हरेक राज्यमा फैलिएको कोरोना भाइरसबाट नेपाल मात्रै अछुतो रहन नसक्ने भन्दै नेपालमा सामान्य अवस्था देखिनु यो ठूलो विनासको संकेत हुन सक्ने भन्दै डा. घिमिरेले सर्तक बन्नुपर्ने बताएका हुन् ।

‘विश्वका हरेक देश कोरोनाको चपेटामा परेको छ । यसमा नेपालमा मात्रै अछुतो रहन सकदैन्’ डा. घिमिरेले भने, ‘त्यसकारण यसबाट हतास हुनुभन्दा पनि सचेत र सर्तक बन्नुपर्छ ।’

कोरोना भाइरस नयाँ कुरा होइन्

यस्ता प्रकृतिको भाइरस नयाँ नभएको कारण यसबाट आत्तिनुर्ने लाग्ने बित्तीकै मर्ने भन्ने पनि नभएको कारण दैनिक जीवनमा ध्यान दिनसकेमा र स्वास्थ्य उपचार गराएमा कोरोनाको संक्रमणबाट बच्न सकिने उनले बताए ।

‘हामीले पढ्दै पनि आएका छौं लाखौं मानिसमा कोरोनाको संक्रमण भइसकेको छ । तर, मृत्यु हुनेको संख्या त ५/७ हजार मात्रै त छ ।’

डा. घिमिरेले भने, ‘यो संक्रमणको कारण मृत्यु हुने मानिसहरुमा सबैभन्दा धेरै दृर्घ रोगी र ६५ वर्षभन्दा माथिका छन् । जो मानिसको रोग प्रतिरोधक क्षमता कमजोर छ त्यस्तो व्यक्तिमा यसको संक्रमण सबैभन्दा धेरै हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here