पुनर्बीमा कम्पनीको आईपिओ भर्ने शुक्रबार अन्तिम दिन, हालसम्म कति पर्‍यो आवेदन ?

काठमाडौं, ७ चैत । नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ ।

कम्पनीले चैत्र ४ गतेदेखि सर्वसाधारणलाई बिक्रि खुला गरेको आईपिओ भर्ने समय शुक्रबार सकिन लागेको हो । तेस्रो दिन बेलुका ६ बजेसम्ममा कम्पनीको आईपिओमा झन्डै ४ अर्बको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा २ लाख ९८ हजार ५७ आवेदकबाट ३ करोड ९६ लाख ७६ हजार ९ सय कित्ताको लागि आवेदन परेको हो । यो कम्पनीले माग गरे भन्दा २।६२ गुणा बढी हो ।

कम्पनीले १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कम्पनीले ७३ हजार ५ सय कित्ता कर्मचारीलाई छुट्याएको छ भने ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफांड गरिएको छ ।

बाँकि रहेको १ करोड ५१ लाख २६ हजार ५ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन न्युनतम १० कित्ता अधिकतम १० हजार कित्तासम्मको लागि दिनु पर्ने छ ।कम्पनीले आईपिओ निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धक चयन गरेको छ । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here