नेपालसँग सीमा जोडिएको प्रदेश सहित भारतका २० राज्यमा फैलियो कोरोना

काठमाडौं, ६ चैत । नेपालसँग सीमा जोडिएको प्रदेश सहित भारतका २० राज्यमा कोरोना भाइरस फैलिएको छ। हालसम्म कोरोनाबाट १९५ जना संक्रमित भएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार नेपालसँग सीम जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड र वेष्ट बंगालसम्म कोरोना संक्रमण फैलिसकेको छ ।

ति शहरहरुबाट नेपालमा हुने प्रवेशमा नेपाल सरकारले पनि कडाई गरिसकेको छ । कोराेना भाइरसका कारण भारतमा हालसम्म चार जनाको मृत्यु भएको छ।

काेराेनाकाे संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ। त्यसपछि केरला र उत्तर प्रदेशमा धेरै संक्रमण फैलिको छ। दिल्ली, कर्नाटक, महाराष्ट्र र पञ्जावमा एक-एक जनाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here