मापसे जाँच अनिश्चितकालका लागि स्थगित

फाइलफोटो

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाकाको अनुसार मापसे जाँच अनिश्चितकालको लागि रोकिएको हो ।

तर, आवश्यक परेको अवस्थामा भने अस्पतालमै मापसे जाँच गरिने महाशाखाले बताएको छ ।

यसका साथै मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here